११ कार्तिक २०८३, बुधबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।

समितिको बैठक सोमबार बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो । बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल हुने मुख्य कार्यसूची रहेको छ । यसका साथै विविध विषयमा पनि छलफल हुने समितिले जनाएको छ ।

समितिले बैठकमा समितिका सदस्यहरू तथा सम्बन्धित सबै सरोकारवालाहरूको उपस्थितिका लागि अनुरोध गरेको छ । विधायन व्यवस्थापन समितिले संसदमा प्रस्तुत विधेयकहरूलाई थप परिमार्जन र प्रभावकारी बनाउन दफावार छलफल गर्दै आएको छ ।