३० जेष्ठ २०८३, शनिबार

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च कायम भएको छ ।

आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७ सय ८० रुपैयाँ कायम थियो ।