काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन् ।
आइतबार पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै अध्यक्ष ओलीले आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाउनुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले लेखेका छन्, ‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔँ ! सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना !’








प्रतिक्रिया