काठमाडौं । पहिला देश (पिपुल्स रेभ्युलेसन)का संयोजक एसपी शाहले आफूहरुसँग सरकारले गरेको सम्झौत पूरा नगरेकोले पुनः आन्दोलनको घोषणा गर्नु परेको बताएका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले प्रवक्ता डा. निकोलस भुसाल अनसनको क्रममा सरकारसँग गरेको सम्झौता कार्यान्वयन नगरेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा संयोजक शाहले आगामी माघ १६ गतेदेखि सडक संघर्ष गर्ने पनि जानकारी गराए । प्रवक्ता भुसालले आफू ११ दिन अनसन बसेर जेनजीका माग पूरा गर्न सम्झौता गरे पनि पूरा नगरेको भन्दै रोष व्यक्त गरेका छन् ।
‘मेरो अनसन तोड्न सहमति त गरियो तर पूरा नगरेर सरकारले झुक्यायो, यथास्थितिमा हुने चुनाव रोक्न र जेनजी म्याण्डेट अनुसार अघि बढ्न आन्दोलनको विकल्प छैन’ भुसालले चेतावनी दिए ।
पूर्वआइजिपी सर्वेन्द्र खनालले वर्तमान सरकार पनि पुरानै बाटोमा हिँडेको आरोप लगाउँदै त्यसको विकल्प खोजिनुपर्ने बताए । अभियान्ता दिनेश सुवेदीले देशमा अराजकताले सीमा नाघेकोले नयाँ संघर्षबाट राजनीतिक स्थायीत्व दिनुपर्ने धारणा राखे ।
पत्रकार सम्मेलनमा पहिला देश (पिपुल्स रेभ्युलेसन)को पहिलो विस्तारित बैठकबाट १०८ सदस्यीय केन्द्रीय समिति, ३१ विभागिय प्रमुख तथा ७ स्वात्त विकास राज्य प्रमुखहरु चयन भएको सार्वजनिक गरेको छ ।









प्रतिक्रिया