८ असार २०८३, सोमबार

एमालेको ११ औं महाधिवेशनले ३३ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको छ : अध्यक्ष ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवेशनले ३३ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको बताएका छन् ।

आज (शनिबार) पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकपछि सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘पार्टीमा युवा र नयाँ अनुहार ! पार्टीको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्यो । हुन त आजको बैठक दोस्रो हो । आज बैठकमा एकपटक सबै सदस्यको अनुहारमा गहिरिएर हेरेँ– महाधिवेशनले ३३ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको छ, अनि करिब ३४ प्रतिशत नेताहरु ५० वर्ष भन्दा कम उमेरका हुनुहुन्छ ।’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘युवाको सबल प्रतिनिधित्व स्थापित गर्न हामी सफल भएका छौँ र सबै उमेर समूहको सन्तुलित नेतृत्व महाधिवेशनले निर्वाचित गरेको छ ।’