३० जेष्ठ २०८३, शनिबार

कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको आइतबारदेखि सुरू हुने विशेष महाधिवेशनका लागि काठमाडौंका फरक फरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा शनिबार दिउँसो आयोजित विशेष महाधिवेशन नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।

महाधिवेशनका लागि गठन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौंका सुन्धारा, बागबजार, ठमेल, एयरपोर्ट, सिनामंगल र गौशाला क्षेत्रका विभिन्न होटल बुक गरिएको छ । सुन्धारा, ठमेल र एयरपोर्ट सिनामंगल गौशाला क्षेत्रमा एक–एक हजार प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको तथा थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको धमलाले जानकारी दिए ।

विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुका लागि होटलमा बसोबासको व्यवस्थापनका लागि प्रदेश विभाजन गरेर होटल समन्वयको जिम्मा दिइएको छ । विदेशबाट आउने प्रतिनिधिहरूका लागि ठमेलस्थित इन्काउन्टर होटलमा बसोबासको व्यवस्था गरिएको छ भने अपांगता भएका व्यक्तिहरुका लागि बागबजारमा रहेको एक होटलमा व्यवस्थापन गरिएको छ ।

यसैगरी, महाधिवेशन प्रतिनिधिहरुका लागि पुस २७ गते आइतबारका लागि बेलुकी सादा खानाको व्यवस्थापन गरिएको छ । २७ गतेको खाना भृकुटीमण्डपमा हलभित्रै हुनेछ ।

यसैगरी, पुस २८ गते बिहान ब्रेकफास्ट, दिउँसो मटन खानाको व्यवस्थापन गरिएको तथा बेलुकी चिकेन खानाको व्यवस्थापन गरिएको संयोजक धमलाले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले एक हजार रुपैयाँ शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने उनले जानकारी दिए ।