काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरको एकान्तकुनामा सुरु भएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको प्रथम बैठकयताको राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका र आसन्न आमनिर्वाचन तथा त्यसको तयारीबारे स्पष्ट पार्नेछन् । साथै, आजको बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
गत पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले यही पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो । यसपटकको केन्द्रीय कमिटी बैठक आसन्न निर्वाचनमा केन्द्रित हुने बताइएको छ ।










प्रतिक्रिया