२६ जेष्ठ २०८३, मंगलबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बिहान आकस्मिक बैठक बस्ने भएको छ ।

आज बिहान ९ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बस्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले जानकारी दिए । बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ ।

पार्टीका मुख्य सचिव पौडेलद्वारा जारी सूचनाअनुसार बैठक आकस्मिक रूपमा बोलाइएको हो । बैठकका एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।