काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सिंहदबार जलाउन उक्साउने को हो ? भन्दै गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भूकम्पले थिलोथिलो भएको सिंहदरबार पुरानै स्वरुपमा पुननिर्माण गर्ने एमाले भएको इंगित गर्दै पोखरेलले काठमाडौं महानगरका मेयर बालेन साह लक्षित पोस्ट गरेका हुन् । पोखरेलले लेखेका छन्, ‘अब प्रश्न गरौं: भूकम्पले थिलोथिलो भएको सिंहदरबार पुरानै स्वरुपमा पुननिर्माण गर्ने को हो ? र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?’
काठमाडौंका मेयर बालेनले केही महिना पहिले सार्वजनिक बिदाको दिन उनकी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोकेपछि सिंहदरबार जलाइदिने धम्की दिएका थिए । त्यसको केही महिनापछि जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाइएको थियो ।








प्रतिक्रिया