काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै कार्यक्रमका लागि आमन्त्रण नगरिएको स्पष्ट पारेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो आयोजनामा अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम नभएको जनाएको हो ।
एनआरएनए एनसीसी यूएसएले आफ्नो नाम, ईआईएन नम्बर र आधिकारिक वेबसाइटको दुरुपयोग गरी अनधिकृत कार्यक्रम तथा मानव तस्करीजस्ता गैरकानुनी गतिविधि भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको उल्लेख गरेको छ । साथै, संस्थाले आधिकारिक स्वीकृतिबिनाका कुनै पनि कार्यक्रम, भ्रमण वा फन्डरेजिङ अवैध र अमान्य हुने स्पष्ट पारेको छ ।









प्रतिक्रिया