२९ जेष्ठ २०८३, शुक्रबार

बालेन टिमबाट रास्वपा सूचीमा परेकी ट्राभलर सिर्जनाले नाम फिर्ता लिइन्

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसूचीमा परेकी रुकुम पश्चिमकी सिर्जना ओली ‘सिज्जू’ले नाम फिर्ता लिएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूले नाम फिर्ता लिएको जानकारी गराएकी हुन् ।

“रुकुम पश्चिम पुग्दै गर्दा गाडीमै फोन आयो । ‘हामी बालेन टिमबाट बोल्दैछौं तपाईंलाई समानुपातिक सूचीमा राख्ने विषय छ । आजै ३ बजे नाम पठाउनुपर्नेछ । अनुमति दिनुहुन्छ ?’ मैले भनेँ, ‘सर, म यात्रामा छु । मलाई निर्णयका लागि समय चाहिन्छ । अहिलेसम्म केही सोचेकी छैन ।’ योभन्दा अघि मेरो कसैसँग पनि राजनीतिक विषयमा कुनै कुरा भएको थिएन ।”, उनले फेसबुकमा लेखेकी छन्, “केही बेरपछि फेरि फोनमा कुराकानी भयो । देशको लागि योगदान दिने अवसर थियो । मैले हतारमा केवल यही एउटा कुरा मात्र सोचेर ‘नाईँ’ भन्न सकिँन ।”

उनले कुनै पार्टीलाई योगदान दिएको कारण नभई देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण आफ्नो नाम टिम बालेनबाट रास्वपामा सिफारिस भएको उनको बुझाइ छ ।

“कुनै पार्टीलाई योगदान दिएको कारण होइन, देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण मेरो नाम टिम बालेनबाट रास्वपामा सिफारिस भएको हो । यही कुरा टिमका सदस्यहरूले पनि भन्नुभएको थियो । यसका लागि म आभारी छु । नयाँ आउने सबैलाई शुभकामना ।” उनले भनेकी छन्, “तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु । यात्रामा भएकाले र प्राविधिक समस्याले गर्दा जानकारी दिन केही दिन ढिला भयो । हामी राजनीति बाहिर बसेर पनि आफ्नो दक्षता अनुसार सधैं काम गर्न तयार छौँ । आवश्यक परेको खण्डमा ।”