काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । महाशाखाका कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, राति तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।















प्रतिक्रिया