२७ जेष्ठ २०८३, बुधबार

प्रधानमन्त्री कार्की र मधेश प्रमुख लाभबीच भेटवार्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको भेटवार्तामा हालै उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिको सम्बोधन गर्दै शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न भएका प्रयासहरुको समीक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरुबीच देश निर्वाचनको महत्वपूर्ण चरणतर्फ अघि बढिरहेको सन्दर्भमा सम्भावित चुनौतीप्रति सजग रहँदै राज्यका सबै संयन्त्र परिचालन गरी अनुकूल वातावरण निर्माण गर्नुपरेको विषयमा छलफल भएको थियो ।

प्रदेश प्रमुख लाभले समाजका विविध तह र तप्काबीच सन्तुलित र अभिभावकीय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले र यसमा सबै पक्षको साथ र सहयोग अपेक्षित रहेको स्पष्ट पारेका छन् ।