–अन्जनी कुमार अधिकारी
उदयपुर । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) जिल्ला कमिटी उदयपुरले १४ जनाको नाम सिफारिस गरेको छ । दुई संघीय निर्वाचन क्षेत्र रहेको उदयपुरमा निर्वाचन क्षेत्र नम्बर १ बाट ६ जना र निर्वाचन क्षेत्र नम्बर २ बाट ८ जनाको नाम केन्द्रमा सिफारिस गरिएको हो ।
निर्वाचन क्षेत्र नम्बर १ बाट इस्वरमणि राउत, दुर्गा कुमार थापा (स्वस्ती), धीरेन्द्र दाहाल, प्रमेश्वर घिमिरे, अस्विन कार्की र सिमा मास्केको नाम सिफारिस गरिएको एमाले उदयपुरका उपसचिव हेम खड्काले जानकारी दिए ।
सिफारिस भएका राउत एमाले कोशी प्रदेश सचिवालय सदस्य, थापा बेलका नगरपालिकाका पूर्वनगरप्रमुख, दाहाल प्रदेश कमिटी सदस्य, घिमिरे पूर्वजिल्ला अध्यक्ष, कार्की अखिलका युवा नेता तथा मास्के राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल जिल्ला अध्यक्ष हुन् ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट अम्बरबहादुर रायमाझी, कृष्णबहादुर थापा, देवराज राई, प्रेमकुमार गौतम, भिमकुमारी राउत, डा. भेषराज थापा, शैलेश लामा र ज्ञानेन्द्र श्रेष्ठको नाम सिफारिस गरिएको छ । रायमाझी निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् भने राई र डा. थापा प्रदेश कमिटी सदस्य, भिमकुमारी राउत कटारी नगरपालिकाकी पूर्वउपप्रमुख, लामा पूर्वप्रदेश कमिटी उपसचिव तथा श्रेष्ठ कटारी नगरपालिकाका पूर्वमेयर हुन् । कृष्णबहादुर थापा र प्रेमकुमार गौतम एमाले उदयपुरका सक्रिय नेता हुन् ।
सोमबार एमाले जिल्ला कमिटिको बैठक बसेर क्षेत्रीय कमिटीले सिफारिस गरेका नामहरूलाई अनुमोदन गर्दै प्रदेश कमिटीमा सिफारिस गरेको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताए ।















प्रतिक्रिया