२५ असार २०८३, बिहिबार

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ । नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको जिल्लाबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस गरेको छ ।

पुष्पलाल स्मृति भवन दिक्तेलमा सोमबार बसेको सचिवालयको तेस्रो बैठकले प्रतिनिधिसभा सदस्यका लागि एमालेका केन्द्रीय सदस्य विशाल भट्टराई, कोशी प्रदेश कमिटीका उपसचिव देवान राई, जिल्ला अध्यक्ष देवविक्रम राई, निवर्तमान केन्द्रीय सदस्यहरु खगेन्द्र राई, रमेशकुमार पौडेल, कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई (पिके), एमाले खोटाङका निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल, एमाले कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरे, अखिल नेपाल महिला संघ खोटाङकी अध्यक्ष धनुकमारी श्रेष्ठ र अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु उपरकोटीको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको एमाले खोटाङका सचिव सुरेन्द्रकुमार राईले जानकारी दिए ।

एक नम्बरमा सिफारिस भएका भट्टराई २०७० मा भएको संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

२०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका भट्टराईले एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका थिए । २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससहितका गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता रामकुमार राई (पासाङ)सँग पराजित भएका थिए ।