१ असार २०८३, सोमबार

एमाले भक्तपुर–२ बाट सचिव महेश बस्नेत एकल सिफारिस

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेत आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन् । निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

एमालेका चर्चित नेता बस्नेत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा झिनो मतले पराजित बस्नेत भक्तपुरको विकासका लागि रोल मोडल मानिन्छन् । पूर्वउद्योगमन्त्री समेत रहेका बस्नेत भदौ २३ र २४ को विध्वंस, तोडफोड र आगजनीपछि एमालेमा सबैभन्दा मुखर नेताको रुपमा चिनिन्छन् ।

नेता बस्नेतले पहिलोपटक सामाजिक सञ्जालमार्फत आगजनी र तोडफोडको विरोध गरेका थिए । बस्नेत कै पहलमा अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमा बसोबासको व्यवस्था मिलाइएको हो ।

यसअघि उम्मेदवारको दाबेदारी गर्ने नेताहरु राजेन्द्र राजथला र अनिल श्रेष्ठलाई उम्मेदवार फिर्ता लिएकोमा बस्नेतले धन्यवाद दिएका छन् ।