२६ असार २०८३, शुक्रबार

दुई वटा संसदीय समितिको बैठक बस्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १ः३० बजे राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय पुस्तकालय नीति र पुस्तकालय ऐनमा समेट्‍नुपर्ने विषयहरु सम्बन्धमा उपत्यकामा अवस्थित पुस्तकालयका प्रतिनिधिहरुसँग छलफल हुनेछ ।