काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा टावर बने पनि नेटवर्क नआएको भन्दै सरकारको आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमा उनले सञ्चारमन्त्रीले फ्री वाइफाइको गफ चुटेको कटाक्ष गर्दै नेटवर्क समस्या जुम्लामात्र नभई सिंगो कर्णाली र दूरदराजको समस्या भएको उल्लेख गरे । साथै, उनले गफभन्दा काम गरेर टावर बनेका स्थानमा नेटवर्क सञ्चालन गर्न आग्रह गरेका छन् ।
‘जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन । यता सञ्चारमन्त्री फ्री वाइफाइ भन्दै भन्दै गफ चुट्छन् । यो समस्या जुम्लाको मात्र होइन सिंगो कर्णाली र दूरदराजको समस्या हो जुनसुकै नयाँ मान्छे र नयाँ नेतृत्व आए पनि कर्णाली र दूरदराजलाई गर्ने व्यवहार एउटै छ ।’ शाहीले फेसबुकमा लेखेका छन्, ‘त्यसैले भन्छु सञ्चारमन्त्रीज्यू गफ चुट्ने होइन । टावर बनाइदिएका छौँ नेटवर्क सञ्चालन गरिदिनुहोस्’










प्रतिक्रिया