काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
गतसाता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक प्रचण्ड र सहसंयोजक नेपाल डल्लुस्थित खनाल निवासमा पुगेका थिए ।
चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिए ।














प्रतिक्रिया