६ श्रावण २०८३, बुधबार

बालविवाह न्यूनीकरण गर्न मुगुमा साझा अभियान सञ्चालन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु । हिमाली जिल्ला मुगुमा बाल अधिकार बारे सचेतना र बालविवाह न्यूनीकरणका लागि साझा अभियान सञ्चालन भइरहेको छ ।

मुगुमा लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले साझा अभियान चलाउन लागेका हुन् । यसका लागि जिल्लामा कार्यरत सबै गैरसरकारी संस्था एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

बालविवाह न्यूनीकरण गर्न उनीहरूले सहकार्यका लागि बालविवाह न्यूनीकरण गर्न साझा अभियान गरेका हुन् । यो अभियानमा जिल्लामा रहेका सक्रिय १० वटा गैरसरकारी संस्थाहरु लागिरहेका छन् । कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएसपार्क मुगुको संयोजकत्वमा यो सञ्जाल गठन गरिएको छ । जसमा ग्रामिण सामुदायिक संस्था, नेपाल पत्रकार महासंघ मुगु, आईएनएफ नेपाल, किर्डाक नेपाल, हिरिसडेक, सहास नेपाल मालिका सामुदायिक विकास केन्द्र, जनसमुदाय सेवा केन्द्र, नागरिक समाज मुगु लगायतका संस्थाले बालविवाहविरुद्ध साझा अभियान सुरु गरेको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएसपार्क मुगुका कार्यकारी निदर्शेक अजबहादुर शाहीले बताए ।

बालविवाहको साझा अभियानमा छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा यस अभियानले नमुनाको रूपमा काम गर्ने कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र मुगुका सिनियर व्यवस्थापन प्रमुख रुपबहादुर मल्लले विश्वास गरे । संघ संस्थाहरूको साझा अभियानमा संञ्चार क्षेत्रलाई समेत प्राथमिकताका साथ जोडेका छन् ।