२७ असार २०८३, शनिबार

विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसदअन्तर्गत आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।

आज बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

आज बस्ने संयुक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रित गरिएको छ ।