६ श्रावण २०८३, बुधबार

धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर । उदयपुरमा दाजुले आफ्नै भाइमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

जिल्लाको त्रियुगा नगरपालिका–१ का स्थानीय ४३ वर्षीय युवराज राईले धारिलो हतियार प्रहार गरी गएराति आफ्नै भाइ अन्दाजी ३० वर्षीय धर्मराज राईको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दाजु युवराजले आमालाई कुटपिट गरेको विषयमा विवाद हुँदा भाइ धर्मराजलाई धारिलो हतियारले शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।

भाइलाई धारिलो हतियारले प्रहार गरी युवराज फरार भएका थिए ।

स्थानीयको खबरसँगै घटनास्थल पुगेर प्रहरीले धारिलो हतियारले गम्भीर घाइते भएका धर्मराजलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट पुर्‍याएको थियो तर धर्मराजको उपचारको क्रममा मृत्यु भएको हो ।

अहिले प्रहरीले भाइको हत्या गरी फरार रहेका युवराजको खोजीलाई तीव्र बनाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले बताए ।