१२ कार्तिक २०८३, बिहिबार

प्रतितोला दुई हजार रूपैयाँले घट्यो सुनको मूल्य

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रूपैयाँले घटेर दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७५ रूपैयाँले घटेर चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।