ललितपुर । ललितपुरको ऐतिहासिक सप्तपाताल पोखरी संरक्षण अभियानका अग्रणी अभियन्ता पूर्णबहादुर स्थापितको बुधबार ८१ वर्षको उमेरमा निधन भएको छ ।
स्थापित लामो समयदेखि सम्पदा संरक्षण र सार्वजनिक पोखरीहरूको पुनर्जीवनका लागि सक्रिय थिए । विशेष गरी सप्तपाताल पोखरीको संरक्षणका लागि उनले कानुनी र सामाजिक स्तरमा निरन्तर संघर्ष गर्दै आएका थिए ।
पोखरीमा अतिक्रमण भएको जग्गा फिर्ता ल्याउन उनी १५ वर्षभन्दा लामो समयसम्म कानुनी लडाइँमा संलग्न रहे, अन्तत उनको संघर्ष विजयमा परिणत भयो ।
स्थापित पाटन दरबारका प्रमुख डिजाइनर मध्यका एक हुन् । उनका योगदानका कारण ललितपुरले एक समर्पित सम्पदा रक्षक गुमाएकोमा ललितपुरका नागरिकमा गहिरो शोक छ । उनको निधनले सम्पदा संरक्षण क्षेत्रले एक महत्वपूर्ण व्यक्तित्व गुमाएको मानिएको छ ।








प्रतिक्रिया