काठमाठौं । नेकपा (एमाले)को जारी ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २ हजार २२७ जना प्रतिनिधि सहभागि भएका छन् ।
बिहीबार बिहान सम्पन्न मतदानमा ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहे ।
अनुपस्थित प्रतिनिधिमध्ये एक रहेका घनश्याम कोइरालाले मतदान सकियो भन्ने सूचना पाएपछि बाटोबाटै घर फर्किएको बताएका छन् ।
‘केही साथीहरूलाई समय सङ्केत गर्न अनुरोध गरेर राति घर गएको थिएँ । बिहानै पुग्दापुग्दै ढिलो भयो । मतदान सकियो भन्ने सूचना भएपछि बाटोबाटै घर फर्किएँ । भएको यही हो । गल्ती भएकै हो । आत्मालोचित छु ।’ एमालेको स्कूल विभागका सचिव समेत रहेका कोइरालाले फेसबुकमा लेखेका छन् ।









प्रतिक्रिया