३० असार २०८३, मंगलबार

ललितपुर महानगरपालिकाले आज १०७ औं स्थापना दिवस मनाउँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुर महानगरपलिकाले आज आफ्नो १०७ औं स्थापना दिवस मनाउँदैछ । बुधबार ललितपुर महानगरपालिकाले १०७ औं स्थापना दिवस मनाउन लागेको हो ।

ललितपुर महानगरपालिका कला, संस्कृति सम्पदा र हरित सहरका रूपमा परिचित छ ।

विक्रम संवत् १९७५ पुस २ गते जारी भएको पाटन सवालबाट छेमडोल अड्डाको नामबाट सञ्चालन भई विसं २००९ मा ललितपुर नगरपालिका घोषणा गरिएको थियो ।

त्यस्तै, विसं १९१८ मा ललितपुर नगर पञ्चायत, २०४७ मा पुनः ललितपुर नगरपालिका, २०५२ मा ललितपुर उपमहानगरपालिका र २०७३ चैत १० गते ललितपुर महानगरपालिका घोषणा भएको थियो ।

हाल महानगरप्रमुख चिरीबाबु महर्जन रहेका छन् । महानगरले आज प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा स्थापना दिवस भव्य रूपमा मनाउन लागेको हो ।