८ श्रावण २०८३, शुक्रबार

एमाले नयाँ नेतृत्व चयनका लागि मतदान अपरान्ह ४ बजेदेखि

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज हुन लागेको मतदानको समय सारिएको छ ।

महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा हुने मतदानको समय अपरान्ह ४ बजेका लागि सारिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान हुनेछ ।

भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण राख्न समय लाग्ने भएकाले समय सारिएको हो ।

एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एकदुई घण्टाभित्र परिणाम सार्वजनिक हुनेछ ।