काठमाडौं । नेकपा (एमाले)का नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
यति बेला एमालेको ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आइपुगेको उनले बताए ।
“हामी यती बेला हाम्रो पार्टी नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आइपुगेका छौँ,” उनले सामाजिक सञ्जलामा लेखेका छन्, “पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा निति र कार्यक्रमहरूलाई बलियो, सशक्त, अनुशासित र गतिशिल संगठनमार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ ।” साथै, पौडेलले आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको र जिताउन आग्रह समेत गरेका छन् ।













प्रतिक्रिया