१६ असार २०८३, मंगलबार

कस्तो रहला आजको मौसम ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै, महाशाखाका अनुसार आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।