२५ असार २०८३, बिहिबार

एमाले महाधिवेशन : युवाको प्रतिनिधित्व सुनिश्चित गर्दै रोजगारी सिर्जनातर्फ पार्टी अगाडि बढ्नुपर्छ : खड्का

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य तथा महाधिवेशनको लागि काठमाडौं क्षेत्र नम्बर १० को तर्फबाट युवा प्रतिनिधि सन्तोष खड्काले अब युवाको प्रतिनिधित्व सुनिश्चितता गरेर रोजगारीको अवसर सिर्जना गर्ने बाटोतर्फ अगाडि बढ्नु पर्ने बताएका छन् ।

उनले आफ्नो एजेण्डा संरचना निर्माण, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित, डिजिटल र प्रविधिको क्षेत्रमा युवाको सहभागिता, न्याय र समानताको नीति निर्माण रहेको बताए ।

उनले भने, ‘अबको नेतृत्व क्षमता बढाउन पारदर्शिता हुनुपर्छ । युवाको प्रतिनिधित्व सुनिश्चितता गर्ने, संरचना निर्माण गर्नुपर्छ, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित गर्ने, डिजिटल र प्रविधिको क्षेत्रमा युवाको सहभागिता लिने सामुहि न्याय र समानताको नीति निर्माण गर्नुपर्छ ।’

एउटा युवा एजेण्डामा स्पष्ट र संगठनमा दबाब सिर्जना गर्न सक्ने भयो भने मात्र उनीहरुको भूमिका निर्णायक हुने पनि उनको भनाई छ ।

उनले भने, ‘जब एउटा युवा एजेण्डा लिएर स्पष्ट हुन्छ र संगठनमा दबाब सिर्जना गर्न सक्छ, तब उनीहरुको भूमिका निर्णायक हुन्छ जस्तो लाग्छ । युवा भोटिङ शक्ति, बहस र नीति निर्माण, प्रक्रियामा सक्रिय सहभागिताले महाधिवेशनको परिणाममा महत्वपूर्ण प्रभाव पार्न सक्छ ।’ पार्टीले युवा नेतृत्व ल्याएर युवालाई सहजिकरण गर्ने निर्णय लिन्छ भन्ने विश्वास रहेको पनि उनको भनाई छ ।