१२ कार्तिक २०८३, बिहिबार

ई–रिक्सा सञ्चालनमा जनकपुरधाम उपमहानगरको कडाई

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा कडाई गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले आइतबारदेखि उपमहानगरमा दर्ता रहेको ई–रिक्सा बाहेकलाई नगरभित्र सञ्चालन गर्न नदिने नियम लागू गरेको छ ।

 

उपमहानगरपालिकाले धनुषा ट्राफिक कार्यालयको सहयोगमा नगरप्रहरीसहित अन्य ठाउँमा दर्ता भएको ई–रिक्सालाई जनकपुरधाममा प्रवेश गर्न र चलाउनमा निषेध गरेको छ ।

जनकपुरधामको सडकमा बढ्दै गएको ई–रिक्साको संख्याले पैदलयात्रुसहित अन्य वाहनहरुलाई समस्या भोग्नु परेकोले यसलाई नियन्त्रण गर्न यो कदम उठाइएको जनकपुरधामका मेयर मनोजकुमार साहले जानकारी दिए ।

उनले आइतबारदेखि चोकहरुमा माइकिङ्ग गरेर दर्ता नभएका टेम्पु, ई–रिक्सालाई परिक्रमा सडक तथा सडक भित्र प्रवेश निषेध गरिएको बारे जानकारी गराउन सुरु गरिएको बताए । उनका अनुसार उपमहानगरको निर्देशन विपरित कुनै ई–रिक्साले नगरभित्र प्रवेश गरेमा २ सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ ।