२३ असार २०८३, मंगलबार

२ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको लालबन्दी नगरपालिका–५ डाँडा टोलबाट प्रतिबन्धित लागूऔषध हिरोइनसहित एक जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार गएसाँझ करिब ६ बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले लागूऔषध लुकाइछिपाइ राखिएको आशंकामा खोजतलासी गरेको थियो ।

लालबन्दी–५ स्थित निर्माणाधीन अवस्थामा रहेको सुवास लामिछानेको घरमा खानतलासी गर्दा भुइँ तलाको पश्चिम–दक्षिणतर्फ रहेको कोठाको पूर्वी भित्तामा रहेको इँटाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाई लुकाइछिपाइ राखिएको अवस्थामा सेतो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक परीक्षणका क्रममा पदार्थ प्रतिबन्धित लागूऔषध हिरोइन जस्तो देखिएको थियो । स्थानीय व्यक्तिहरूको रोहबरमा नेपाल सरकारबाट मान्यता प्राप्त तराजुमा तौल गर्दा सेतो धुलो पदार्थ २ सय १२ ग्राम रहेको प्रहरीले जनाएको छ । सोही क्रममा घर धनी इश्वरपुर नगरपालिका – ३ भक्तिपुर घर भई हाल लालबन्दी नगरपालिका–५ मा बसोबास गर्दै आएका ३४ वर्षीय सुवास लामिछानेलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका लामिछानेविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।