४ श्रावण २०८३, सोमबार

११ औँ महाधिवेशन अब निर्वाचन प्रक्रियातर्फ अघि बढ्नुपर्छ : पद्मा अर्याल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेकी सचिव पद्मा अर्यालले पार्टीको ११ औँ महाधिवेशन अन्तर्गत अब निर्वाचन प्रक्रियातर्फ अघि बढ्नुपर्ने बताएकी छन् ।

नेकपा एमालेको ११ औँ महाधिवेनको बन्दसत्रस्थलबाट सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन प्रक्रियामा जानु अघि पार्टीको विधानलाई समयसापेक्ष रूपमा संशोधन गरिएको जानकारी दिइन् ।

उनले भने, ‘अव हामी निर्वाचन प्रक्रियामा अगाडि बढ्नुपर्ने हुन्छ । तसर्थ निर्वाचन प्रक्रियामा जानु भन्दा अगाडि हामीले विधान महाधिवेशनमा पार्टीको एउटा विधान पारित गर्यौ । विधान महाधिवेशन पछि मुलुकमा जुनखालको राजनैतिक परिस्थिती सिर्जना भयो । यो सबै परिस्थितीलाई हेक्का राख्दै आजको आवश्यकताका आधारमा हामीले विधान संशोधन गरेर केही थोरै संशोधन सहित कमिटि निर्माणसँग जोडिएका विषयलाई अगाडि बढाएका छौ ।’

विधान महाधिवेशनमार्फत पारित विधानपछि मुलुकमा विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै आवश्यकताअनुसार सीमित संशोधन गरिएको उनले स्पष्ट पारिन् ।

उनका अनुसार संशोधित विधानअनुसार अब निर्माण हुने केन्द्रीय समितिमा ३०१ जना सदस्य रहनेछन् । तीमध्ये १९ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । पदाधिकारीमा १ जना अध्यक्ष, ५जना उपाध्यक्ष, १ जना महासचिव, ३ जना उपमहासचिव तथा ९ जना सचिव रहने प्रस्ताव अगाडि बढाइएको उनले बताइन् ।

पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउने उद्देश्यसहित समिति निर्माणसँग सम्बन्धित विषयहरू अगाडि बढाइएको अर्यालको भनाइ छ ।