२६ असार २०८३, शुक्रबार

अष्टलक्ष्मी शाक्य पनि पदाधिकारीमा नलड्ने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि पदाधिकारीमा नलड्ने घोषणा गरेकी छिन् ।

आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीया शाक्यले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेकी हुन् । यसअघि अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पनि पदाधिकारी नबन्ने घोषणा गरेका छन् ।

एमालेको ११औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदै छ । बन्दसत्रअघि केन्द्रीय कमिटीको बैठक बसेको हो ।