१९ असार २०८३, शुक्रबार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८२५ रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।