२१ जेष्ठ २०८३, बिहिबार

किरात समुदायले मनाए उधौली साकेला पर्व

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । किरात राई यायोक्खा काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा शनिबार यहाँस्थित टुँडिखेलमा उधौली साकेला पर्व मनाइएको छ । त्यस अवसरमा किराती समुदायका मौलिक वेशभूषामा सजिएका सहभागीले आफ्ना सांस्कृतिक परम्परा झल्काउने साकेला नृत्य शिली प्रस्तुत गर्दै आपसमा शुभकामना साटासाट गरेका थिए ।

यस अवसरमा किरात यायोक्खाले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । किरात समुदायले वैशाख पूर्णिमामा उभौली पूजा गरी खेतीपातीका लागि आशीर्वाद माग्ने र उधौलीमा सफल बालीका लागि भगवान्लाई धन्यवाद दिँदै साकेला नाच्ने परम्परा छ ।