काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, बहुदलीय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ समझदारी गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले)को ११ औं महाधिवेशन उद्घाटन सत्रमा बौल्दै उनले तीन ठूला परिवर्तनका यी उपलब्धीहरुलाई जोगाएर राजनितिक दल, पराम्परागत शक्ति र नवपुस्ताबीच समझदारी गर्नुको विकल्प नभएको बताएका हुन् ।
उनले २००७, २०४६ र २०६२/०६३ का उपलब्धिहरु प्रजातन्त्र, बहुदलीय व्यवस्था र समानुपातिक समावेशीतालाई सबैले स्वीकार गर्नुपर्ने बताए ।
उनले सबै शक्तिबीचको समझदारीमार्फत नै देशलाई अगाडि बढाउन सकिने उल्लेख गरे । हाल मृत अवस्थामा रहेको संविधानलाई ब्युताएर मुलुकमा थप जोखिम निम्त्याउन नहुने उनको भनाई छ ।








प्रतिक्रिया