काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा (एमाले)ले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन् ।
एमालेको ११ औं महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उनले महाधिवेशनको माध्यमबाट एमालेलाई समयसापक्ष बनाउन योग्य नेतृत्व चयन हुने बताए ।
उनले प्रमुख राजनितिक दलहरु कमजोर भएको अवस्थामा मुलुकमा निरङ्कुशता हावी भएको स्मरण गर्दै राजनितिक दलहरु मजबुत हुनुपर्नेमा जोड दिए । बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु संगठित, व्यवस्थित र जनप्रिय हुनुपर्ने उनको भनाइ छ ।
उनले एमाले महाधिवेशनले वर्तमान परिस्थितलाई संही ढंगले विश्लेषण गर्दै आगामी बाटो तय गर्न अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्ने वातावरण बनाउने पनि विश्वास गरे ।
उनले भदौ २३ र २४ को जेनजी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेलेको पनि बताए । नेपालमा ऐतिहासिक सम्पत्ति, विभिन्न राजनीतिक दलका कार्यलयहरू जलाइएको उल्लेख गर्दै उनले ती अपराधिक क्रियाकलाप गर्नेहरूलाई समयले माफ नगर्ने पनि बताए ।













प्रतिक्रिया