काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजको महाधिवेशनको उद्घाटन समारोहले एमाले अजम्बरी छ भन्ने देखाएको बताएका छन् ।
आज महाधिवेशनको उद्घाटन समारोहलाई भक्तपुरको सल्लाघारीमा सम्बोधन गर्दै उनले एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य बनाइए पनि त्यो आजको सभाले त्यो गलत भएको प्रमाणित गरेको बताएका हुन् ।
‘पुरान पार्टी सकिए, पुराना नेताको दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयोर यस्तो भाष्य बनाइएको थियो,’ ओलीले भने, ‘तर, यो जनसागरले लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ भन्ने देखायो।’
यस्तै अध्यक्ष ओलीले वर्तमान सरकार हिंसाबाट आएको भन्दै नस्वीकार्ने प्रष्ट पारे । ‘हामी हिंसा या युद्ध समय परिवर्तनको साधन हुन सक्दैन, हुन हुँदैन भन्छौं । जनताको मन जितेर पनि शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ,’ ओलीले भने, ‘हामी भन्छौं अनि प्रहार हुन्छ । विविधता र बहुलता हाम्रो सम्पदा हो दूरी बढाउने विषय होइन भन्छौं ।’








प्रतिक्रिया