काठमाडौं । नेकपा (एमाले)ले आफ्नो ११औँ महाधिवेशनको उद्घाटन सत्रमा ‘जेनजी’ आन्दोलनका क्रममा भएका आगजनी र भौतिक क्षतिको दृश्य समेटिएको विशेष भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ।
भक्तपुरको सल्लाघारीमा आयोजित कार्यक्रममार्फत देखाइएको उक्त सामग्रीमा न्यायालय, सिंहदरबार, संसद् भवन लगायत राज्यका संरचनामा भएको तोडफोड र आगजनीलाई उजागर गरिएको थियो। डकुमेन्ट्रीमार्फत पार्टीले “बिर्सने छैनौँ ” भन्ने सन्देश प्रवाह गरेको हो ।
एमालेले सो अवसरमा युवालाई संयमित, सचेत र राष्ट्रनिर्माणतर्फ उन्मुख हुन आह्वान गर्दै अराजकताविरुद्ध एकताबद्ध हुन आग्रह गरेको छ। भिडियोमार्फत पार्टीले हिंसा र आगजनीलाई कहिल्यै स्वीकार नगर्ने स्पष्ट संकेत दिएको छ।








प्रतिक्रिया