२९ असार २०८३, सोमबार

एमाले झनै शक्तिशाली भएको छ : महासचिव पोखरेल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी कमजोर नभई झनै शक्तिशाली भएको बताएका छन् ।

आज भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ महाधिवेशन उद्घाटनसत्रमा स्वागत मन्तव्यका क्रममा उनले भने, “नेपालको इतिहासमा २३ र २४ गते राष्ट्रविरोधी, लोकतन्त्र र गणतन्त्रविरोधी तत्त्वको घुसपैठले एमालेलाई कमजोर बनाउने प्रयत्न गरे पनि शक्तिशाली भएको छ ।”

युवाको भावनामा खेलेर मुलुकलाई अध्याँरो सुरुङमा लैजाने प्रयास गरिएको उनले उल्लेख गरे । तर, मुलुकलाई एमालेले अघि बढाउने उनले बताए । मुलुकलाई लोककल्याणकारी मान्यताका पक्षमा एमालेले अगुवाइ गर्ने उनको भनाइ थियो ।

चुनौतीको क्षणमा पार्टीको ११औँ महाधिवेशन आयोजना गरिएको उनले बताए । गएको भदौ २३ र २४ गते षड्यन्त्रका कारण सरकारबाट बाहिरिए पनि एमाले जनताको हृदयमा बसेको उनले जिकिर गरे ।

एमाले महधिवेशनअन्तर्गत भोलि (मंसिर २८)देखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनेछ ।