२३ जेष्ठ २०८३, शनिबार

महाधिवेशनस्थलमा आइपुगे अध्यक्ष ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली आइपुगेका छन् ।

भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा केही बेरअघि अध्यक्ष ओलीको आगमनसँगै महाधिवेशन औपचारिक उद्घाटनतर्फ अग्रसर भएको छ । कार्यक्रमस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू यसअघि नै आइपुगेका थिए ।

अध्यक्ष ओली कार्यक्रमस्थल प्रवेश गरेसँगै नेता तथा कार्यकर्ताहरूले नाराबाजी र तालीका साथ स्वागत गरेका छन् ।

महाधिवेशनस्थलमा दुवै दिशाबाट झण्डा र ब्यानरसहित ठूला–ठूला र्‍यालीसहित नेता–कार्यकर्ताहरू प्रवेश गर्ने क्रम जारी छ । उल्लेख्य सहभागिताका कारण तीनकुनेस्थित नेपाल ट्रष्टको मैदान पूरै भरिएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन केही बेरमा पार्टी अध्यक्ष ओलीले गर्ने कार्यसूची रहेको छ । उद्घाटन समारोहको सञ्चालन पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गरिरहेका छन् ।

देशभरका प्रतिनिधि, नेता तथा कार्यकर्ताको व्यापक उपस्थितिसँगै एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उत्साहपूर्ण वातावरणमा अघि बढिरहेको छ ।

एमालेले यो महाधिवेशनलाई संगठनात्मक सुदृढीकरण, नीति–कार्यक्रम र भावी नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्त्वको रूपमा लिएको छ ।

जननिर्वाचित सरकार ढालेर अराजकहरूको सरकार चलिरहेको सङ्कटको घडीमा एमालेको महाधिवेशन सुरु भएको ज्ञवालीले बताए । यस्तो बेलामा गौरवपूर्ण उपस्थितिको लागि उनले सबैलाई धन्यवाद दिएका छन् ।