३० असार २०८३, मंगलबार

एमाले महाधिवेशन : सल्लाघारीमा उर्लियो जनसागर

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको औपचारिक रूपमा सुरु नहुँदै भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदान भरिन थालेको छ । प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू कार्यक्रमस्थलमा पुग्ने क्रम तीव्र बनेको छ ।

देशका विभिन्न क्षेत्रबाट प्रतिनिधिहरूसहितका र्‍यालीहरू झण्डा र ब्यानरसहित महाधिवेशन स्थलतर्फ अगाडि बढिरहेका छन् । ठाउँ नपाइने डरका कारण धेरै प्रतिनिधि उद्घाटन समारोह सुरु हुनुअघि नै महाधिवेशन स्थलमा पुगिसकेका छन् । यसले सल्लाघारी क्षेत्रलाई बिहानैदेखि उत्साह र चहलपहलले भरिएको बनाएको छ ।

पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरू पनि क्रमशः सल्लाघारी पुग्ने क्रम जारी छ । उद्घाटन कार्यक्रमअघि महाधिवेशनस्थलमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत भइरहेका छन् । जसले सहभागीहरूको उत्साह थपेको छ ।

महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई उद्घाटन समारोह स्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ ।

सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ भने मेटल डिटेक्टर, बम डिटेक्टर उपकरण तथा अन्य सुरक्षा उपाय अपनाइएको छ ।

एमालेले ११ औं राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले अत्यन्त महत्त्वपूर्ण महाधिवेशनका रूपमा लिएको छ ।

उद्घाटन समारोहसँगै सुरु हुने महाधिवेशनका गतिविधिले आगामी दिनमा पार्टीको संगठनात्मक दिशा र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।