९ असार २०८३, मंगलबार

सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनित भएकी छन् ।

एमालेको शुक्रबार बसेको सचिवालय बैठकले महाधिवेशनमा सहभागी हुने १ सय ८ प्रतिनिधि मनोनित गर्दा डंगोल पनि परेकी हुन् । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनित प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् ।

डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट मनोनित भएकी हुन् ।