२३ जेष्ठ २०८३, शनिबार

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलबारी । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ विराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका थिए ।

आज बिहान करिव ६ः३० बजे बिराटचोकस्थित बस्तीको बीचमै घिमिरेलाई आक्रमण गरेको थियो ।