काठमाडौं । भोलि भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।
सहभागिताका लागि एमालेले निम्तो पठाएपनि प्रचण्ड नजाने भएका हुन् । प्रचण्डले आफू उपस्थित हुन नसक्ने भन्दै टेलिफोनमार्फत शुभकामना सन्देश दिएका छन् ।
नेकपाको कर्णाली प्रदेशको एकता सन्देशसभा भोलि नै परेकाले प्रचण्ड उता जानुपर्ने भएपछि उपस्थित हुन सक्ने उनको सचिवालयले जानकारी दिएको हो ।








प्रतिक्रिया