२३ असार २०८३, मंगलबार

प्रतिनिधिसभा निर्वाचन नलड्ने काँग्रेस सहमहामन्त्री बद्री पाण्डेको घोषणा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले आगामी प्रतिनिधिसभाको निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

आफू सरकारमा हुँदा युवाहरूको माग सम्बोधन गर्न असफल भएको बताउँदै माघ ११ गते हुने राष्ट्रिय सभा वा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् ।

‘सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ,’ पाण्डेले भने ।