१९ असार २०८३, शुक्रबार

सुनको मूल्य आज तोलामा ३५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मोल १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ९०५ रुपैयाँ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।