१९ असार २०८३, शुक्रबार

एमाले सचिवालय बैठक बस्दै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।

पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव लगायतका विषयमा छलफल र निर्णय हुने बताइएको छ ।

एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ ।

एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।