२८ आश्विन २०८३, बुधबार

एमाले खरानीबाट उठिसक्यो, अब निर्णायक राष्ट्रिय शक्ति बन्छौँ : शेरधन राई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले जेनजी आन्दोलनपछि एमाले फेरि जनतामाझ उठिसकेको दाबी गरेका छन् । उनले अब पार्टी देशको निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबीसमेत गरे ।

पार्टीको ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज काठमाडौँमा पत्रकारहरूसँग कुराकानी गर्दै राईले एमाले कठिन परिस्थिति पार गर्दै संगठन मजबुत बनाउन सफल भएको बताए ।

‘एमाले खरानीबाट उठिसक्यो । अब हामी निर्णायक राष्ट्रिय शक्ति बन्नेछौँ,’ राईले भने ।

उनका अनुसार एक वर्षअघि गरिएको अर्ली महाधिवेशन देशमा बढ्दै गएको अस्थिरता र चुनौतीलाई सामना गर्नकै लागि गरिएको थियो । ‘हामीले मिसन ०८४ त्यही सोचेर तय गरेका थियौँ। महाधिवेशनपछि एमाले अझ बलियो रूपमा अगाडि आउँछ,’ उनले जोड दिए ।

जेनजी आन्दोलनपछि देश गम्भीर संकटमा पुगेको र राज्य संयन्त्रमा अराजकता फैलिएको पनि राईको भनाइ छ । ‘जेनजीका नाममा अराजक समूहले लोकतान्त्रमाथि प्रहार ग¥यो । आन्दोलनको मुख्य एजेन्डा भ्रष्टाचार नियन्त्रण थियो, सत्ता पलट होइन,’ उनले भने ।

उक्त आन्दोलनलाई आधार बनाएर भदौ २४ गते ‘विध्वंश मच्चाइयो’ भन्दै राईले त्यसपछि गैरसंवैधानिक तरिकाले सरकार बनाउने र संसद् विघटनको खेल सुरु भएको आरोप लगाए ।

जेनजी आन्दोलनका घटनामा एमालेलाई दोषारोपण गर्ने र त्यसकै बहानामा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने प्रयास भइरहेको उनले दाबी गरे । ‘हल्लाका भरमा नेता हटाइँदैन । वैधानिक फोरम छ भने त्यही बाटो अपनाउनुपर्छ,’ उनले दोहो¥याए ।

राईले कांग्रेससहितका ठूला दल कमजोर अवस्थामा रहेको र कतिपय दल त विघटनको अवस्थामा पुगेको बताए । उनले एमाले पनि एक समय स्तब्ध बनेको जिकिर गर्दै भने, ‘६४ जिल्ला कार्यालय जलाइयो। तर एमाले फेरि जनतामाझ उठिसकेको छ ।’

वडादेखि सहरसम्म एमालेको सक्रियता बढेको दाबी गर्दै उनले अहिलेको राष्ट्रिय संकटको समाधान आगामी महाधिवेशनले स्पष्ट गर्ने बताए । ‘जेनजी आन्दोलनपछि देश अँध्यारो सुरूङमा छ । अनिश्चितता बढेको छ । त्यसैले एमाले अब देशको नेतृत्व लिन तयार छ,’ राईले उल्लेख गरे ।

अन्त्यमा उनले भने, ‘हामीले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्प गरेका छौँ । मिसन ०८४ त्यही लक्ष हो। महाधिवेशनपछि हामी अझ बलियो रूपमा उदाउँछौँ ।’